काठमाडौं । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ ।
नेता गणेशमान सिंहको १०४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै हास्य कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।
शनिबार आयोजना गरिएको एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले “मह जोडी’’लाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको बताए ।
साथै उनले स्व. गणेशमान सिंहलाई नेपालको लोकताक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण गर्दै नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण समेत गरे ।
२०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा गरिएको थियो ।
राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका थिए ।
नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया