काठमाडौं । सन् २०२० को टोकियो ओलम्पिक महिला फुटबल अन्तर्गत ‘एएफसी’ छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले म्यान्मारको सामना गर्दैछ ।
यी दुई टिमबीचको खेलमा याङगोनस्थित थुनुवा रंगशालामा नेपाली समयानुसार आज साझ सवा ५ बजेपछि शुरु हुनेछ । नेपाल समूहको बलियो प्रतिद्धन्दी मानिएको म्यान्मारलाई पराजित गर्दै स्पष्ट ३ अंक जोड्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
दोस्रो चरणमा पुग्ने लक्ष्य सहित म्यान्मार पुगेको नेपाली टोलीलाई आजको खेल जित्नै पर्ने दवाव छ । दोस्रो चरणमा पुग्ने आशा जिवितै राखेको आज पराजित भएमा नेपालको सम्भावना गणितीय रुपमा मात्र रहनेछ ।
यसअघि गत बिहीवार भएको पहिलो खेलमा नेपालले भारतसँग १-१ गोलको बराबरी गर्दै समान अंक बाडेका थिए ।
यता नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीहरुको प्रर्दशनबाट सन्तुष्ट रहेको बताए । साथै उनले म्यानमारविरुद्ध काउन्टर अट्याकमा उत्रेर खेल्ने पनि जानकारी दिए ।
म्यान्मारले भने पहिलो खेलमा बंगलादेशलार्य ५-० को भारी गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ ।
सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । भियतनाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया