एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोट्नह्याम विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको १२ औँ चरणको खेलमा टोट्नह्यामले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा रहेको चेल्सीको अंकसँग बराबरी गरेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म गोलरहित बराबरी रोकिएको टोट्नह्यामले दोस्रो हाफमा भने गोल ग-यो । खेलको ६६ औँ मिनेटमा अर्जेन्टिनी डिफेन्डर जुवान फोइथले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
निर्धारित समयसम्म क्रिस्टल प्यालेसले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा १-० को हार बेहो-र्यो । जितपछि टोट्नह्यामले २७ अंक बनाएको छ ।
लिगको दोस्रो स्थानमा रहेको चेल्सी र तेस्रो स्थानमा रहेको लिभरपुलको पनि समान २७ अंक नै छ । तर गोल अन्तरको आधारमा टोट्नह्याम चौथो स्थानमा यथावत रहेको छ ।
शनिवार राति नै भएको अर्को खेलमा न्यु क्यासलले बोर्नमाउथलाई २-१ गोल अन्तरले पराजित ग-यो । न्यु क्यासललाई जित दिलाउन सालोमोन रोन्डनले दुई गोल गरे । उनले खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै ४० औँ मिनेटमा अर्को गोल गरे । पहिलो हाफ सकिनै लाग्दा बोर्नमाउथका लागि जेफर्सन लेर्माले एक मात्र सान्त्वना गोल फर्काएका थिए । त्यसपछि खेलमा थप गोल भएन र खेल न्यु क्यासलले २-१ गोल अन्तरले आफ्नो पक्षमा पा-यो ।
जितसँगै न्यु क्यासल ९ अंकका साथ लिगको १४ औँ स्थानमा छ ।
शनिवार राति नै भएको अन्य खेलहरुमा कार्डिफ सिटीले ब्राइटनलाई २-१ गोल अन्तरले हरायो । वेस्टह्यामले हडर्सफिल्डलाई १-१ गोलको बराबरीमा रोक्यो । यता लिचेस्टर सिटी र बर्नलेबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया