काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उपस्थित कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको छ ।
राहुल गान्धी उपस्थित रहेको कार्यक्रममा नेताहरुको आसनग्रहणपछि राष्ट्रिय गान बजाउनका लागि गान्धीले आग्रह गरे ।
त्यसपछि नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा’ बज्न थाल्यो । केही सेकेन्ड राष्ट्रिय गान बजेपछि पुनः त्यसलाई रोकेर भारतको राष्ट्रिय गान बजाउन गान्धीले आग्रह गरे । तर पुनः नेपालकै राष्ट्रिय गान बज्यो । नेपालकै राष्ट्रिय गान बजे पनि मञ्चमा उपस्थितहरु अलमलमा देखिए । त्यसपछि पुनः गान्धीले राष्ट्र गीत भनेपछि राष्ट्रिय गान बजेको थियो ।
त्यसपछि ‘जन गन मन’ बजेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गान्धी उपस्थित कार्यक्रममा नेपाली राष्ट्रिय गान बजेपछि त्यसलाई प्राविधिक कारण रहेको बताइएको छ ।
Here is the full video: 1 min of entertainment & 57 seconds of respect.
•Rahul Gandhi asked to play national SONG.
•They played national anthem of Nepal.
•They stopped and played national ANTHEM of India.
•But they were actually playing all 5 paragraphs of Jan Gan Man 😭 pic.twitter.com/V4o0nH3WxW— Facts (@BefittingFacts) November 17, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया