कम्पनी फुडमाण्डुको स्थापनाको आठौँ वर्ष पूरा

काठमाडौं । काठमाडौंका विभिन्न उत्कृष्ट रेष्टुरेण्टहरुका परिकारहरु ग्राहकको घरदैलोसम्म डेलिभरी सेवा प्रदान गर्दै आएको कम्पनी फुडमाण्डुले आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरेको छ ।
सन् २०१० मा शुरु भएको कम्पनी फुडमाण्डुले हालसम्म लाखौं उपभोक्ताहरुलाई सेवा प्रदान गरिकेको छ ।

आफ्नो आठौं स्थापना दिवसको अवसरमा फुडमाण्डुले आफ्नो सेवाग्राहीहरुलाई ११ नोभेम्वरको दिन हरेक अर्डरमा ८ प्रतिशतको छुट दिने भएको छ । साथै ८ जना भाग्यशाली उपभोक्ताले आउँदो ८ महिनासम्म प्रत्येक महिना ८ सय बराबरकोे निःशुल्क खाना अर्डर गर्न पाउने व्यवस्था गर्ने पनि कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ता र आवद्घ रेष्टुरेण्टहरुलाई धन्यवाद दिँदै कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी श्री मनोहर अधिकारीले भने, “आफ्नो सेवालाई थप सजिलो र गुणस्तरीय बनाई सेवाग्राहीलाई खुसी र सन्तुष्टि प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?