शुक्रबारसम्म विमानस्थलको बक्यौंता नतिरे सौर्य एयरलाइन्सको उडान एक घण्टा ढिलो गर्ने

काठमाडौं । यहि शुक्रबारसम्म बक्यौंता नतिरे सौर्य एयरलाइन्सको उडान एक घण्टा ढिलो गरिदिने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बक्यौंता तिर्न ढिला गरेमा सो विमान कम्पनीको एयरलाइन्सको उडान एक घण्टा ढिलो गर्ने भएको हो । निजी विमान कम्पनी सौर्य एयरलाइन्सले नयाँ टिमले अहिलेसम्म पनि विमानस्थलको बक्यौंता तिर्न सकेको छैन ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार एक साता अगाडी कम्पनीले पाँच लाख रुपैयाँ मा बुझाएको जानकारी दिए ।  यहि शुक्रबारसम्म बाँकी रकम नबुझाए सो कम्पनीको उडान एक घण्टा ढिला गरिदिने पनि उनले बताए । 

‘आज हामीले विमानको उडान एक घण्टा ढिला गयौं, भोली ‘सोमवार’ डेढ घण्टा, मंगलवार दुई घण्टा गर्दै क्रमिक रुपमा उडान समय सार्दै लैजानेछौँ’ उनले थपे । 

चार करोड बक्यौंता रहेको कम्पनीले विमानस्थललाई एक करोड ६८ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । 

हाल कम्पनीसँग दुई वटा मात्र विमान छ । त्यसमध्ये ५० सीटको क्षमता रहेको सिआरजे २०० मात्र सञ्चालनमा छन् । सो विमानले हाल काठमाडौबाट विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज  र धनगढीमा उडान भर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?