काठमाडौं । आज १८ नोभेम्बर । आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही ऐतिहासिक विश्व घटना :
सन् १९७८ मा सामूहिक आत्महत्या
सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आग्रहमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए । सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्जटाउनबाहिर एउटा वस्ती बसालेका थिए । उनीहरुले बस्ती बसालेको ठाँउलाई जोन्स टाउन भनिन्छ ।
सोम्मी युद्ध
सन् १९१६ मा सोम युद्ध समाप्त भएको थियो । प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो । २० औं शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो । सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो ।
पानामा र अमेरिकाबीच हस्ताक्षर
सन् १९०३ मा पानामा नहर क्षेत्र बारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो । सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्र थियो । फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो । तर, प्राविधिक समस्यापछि सो कार्य रोकेको थियो । सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो । सन् १९१४ मा निर्माण सम्पन्न भएको थियो ।
अमेरिकामा पुस बटन फोन सुरु
सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन (टच टोन) टेलिफोन सुरु भएको थियो । यो फोनले रोटरी डायल मोडललाई बिस्थापित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया