पूर्ण तयारीबिनाको अनलार्इन प्रणालीले नेपालका शेयर लगानीकर्ता मर्कामा

काठमाडाैं : पूँजीबजारलार्इ अाधुनिकीकरण गर्ने दाबीका साथ ल्यार्इएको अनलार्इन प्रणालीले काम नगर्दा शेयर लगानीकर्ता मर्कामा परेका छन् । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कात्तिक २० गतेदेखि नेपालको शेयर बजारमा अनलार्इन प्रणाली शुरू गरेका थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजधानीको एक पाँचतारे होटलमा तामझामका साथ अनलार्इन प्रणालीको उद्घाटन गरेका थिए । 

तर, निरन्तर प्राविधिक समस्या देखिएपछि यो प्रणाली सञ्चालनमा अाएको ५ दिनसम्म पनि ब्रोकर कम्पनीहरूले शेयर कारोबार गर्न पाएका छैनन् । साउनदेखि नै पूँजीबजारलार्इ अनलार्इनमय बनाउने उद्घोष गरेको नेप्सेले बारम्बार भाखा सार्दै निकै ढिला गरि अनलार्इन प्रणाली कार्यान्वयनमा ल्याएको हो । 

अनलार्इन प्रणालीले काम नगर्दा अहिले नेपालको पूँजीबजारका झन्डै १५ लाख लगानीकर्ता निराश छन् । लगानीकर्तालार्इ अनलार्इनबाट शेयर कारोबार गराउन नेप्से मोक ट्रेडिङ सिकाएपनि अनलार्इन प्रणाली कार्यान्वयनको पहिलो चरणमा ब्रोकर कम्पनीहरूलार्इ मात्र अनलार्इनबाट शेयर कारोबार गर्न दिने निर्णय गरेको छ । तर अहिलेसम्म सबै ब्रोकर कम्पनीहरूलार्इ नेप्सेले अनलार्इन प्रणालीमा समेट्न सकेको छैन । 

पूँजीबजारका लगानीकर्ताहरूको छाता संस्था नेपाल र्इन्भेस्टर्स फोरमले नेप्सेले हचुवाको भरमा अनलार्इन प्रणाली शुरू गरि १५ लाख लगानीकर्तालार्इ दुख दिएको जनाएको छ । फोरमले एक विज्ञप्ति नै जारी गरि १४ खर्ब ५० अर्ब रूपैयाँभन्दा बढी रकम पूँजीकरण भएको बजारमा ल्यार्इएको अनलार्इन प्रणालीले काम नगर्दा भएको समस्याको जिम्मेवारी लिन नेप्सेलार्इ अाग्रह गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले तामझामका साथ उद्घाटन गरेको अनलार्इन प्रणालीले काम नगरेपछि नेपाल र्इन्भेस्टर्स फोरमले निकालेको विज्ञप्ती । 

अनलार्इन प्रणाली कार्यान्वयनमा नअाउँदा अहिले नेपाली पूँजीबजारका लगानीकर्ताहरू निराश बनेका छन् । तिहारयता नेप्सेमा लगातार दोहोरो अंकको गिरावट देखिएको छ । नेप्सेलार्इ नै अनलार्इन प्रणालीको व्यवस्थापन गर्न मुस्किल पर्दा लगानीहरू समस्यामा परेका छन् । अनलार्इन प्रणाली कार्यान्वयनमा अाएको पाँचाैं दिन अार्इतबारसम्म पनि नेप्सेले समस्या सल्टाउन नसक्दा ब्रोकरहरूले पनि नयाँ प्रणालीमा सहज कारोबार गर्न सकेका छैनन् । 

यो पनि : 

आजदेखि नेपालको पूँजीबजार अनलार्इन प्रणालीमा, यसरी गर्नुपर्छ शेयर कारोबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?