अबदेखि सबै चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट दिने

काठमाडौं : यसअघि दशैंका बेलामा मात्र नयाँ नोट साटिदिने गरेको नेपाल राष्ट्र बैंकले अब अधिकांश चाडपर्वमा रकम साटिदिने भएको छ । 

एउटा मात्र पर्वमा नयाँ नोट साट्ने चलनका कारण सर्वसाधारण लामो लार्इनमा बस्नुपर्ने र कतिपयले साट्नै नपाउने अवस्थालार्इ अन्त्य गर्न केन्द्रीय बैंकले बैंकिङ कार्यालय थापाथलीसहित क्षेत्रीय कार्यालयहरूबाट नोट साट्ने सुविधा प्रदान गर्न लागेको हो । 

अबदेखि दसैंसँगै नयाँ बर्ष, उभौली पर्वरबुद्ध जयन्ति, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवश, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्ब, फाल्गुनन्द जयन्ति, गुरु नानक जयन्ति, उधौली पर्बरयोमरी पुन्हि ज्यापु दिवश, क्रिसमस, ल्होसार, माघी पर्ब, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आयदि राष्ट्रिय चाडपर्ब तथा दिवसमा नयाँ नोट साट्न पार्इनेछ । 

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले देशका विभिन्न क्षेत्रमा बस्ने जातजाती र भाषाभाषीहरूले मनाउँदै अाएको चाडपर्व र राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्ने सुविधा विस्तार गर्न लागेको जानकारी दिएको छ ।

समावेशीताको प्रत्याभूति गराउन दशैंसहित सबै चाडपर्वमा नयाँ नोट सटही सुविधा दिन लागेको राष्ट्र बैंकले जानकारी दिएको छ। साथै, बैंकले पूजाअाजा र अन्य काम गर्दा रङ र पानीले नोट नसमात्न पनि अाग्रह गरेको छ । 

सबै चाडपर्वमा नयाँ नोट साटिदिने भएपछि राष्ट्र बैंकले अबदेखि दशैंका बेला नोट सटहीकै लागि छुट्टै काउन्टर चाहिँ नखोल्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?