इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी विजयी भएको छ । 

घरेलु मैदान इतिहाड स्टेडियममा आइतवार राति १२ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुनः लिगको शिर्ष स्थानमा उक्लिएको हो।

खेल शुरु भएको १२ मिनेट पनि बित्न नपाउँदै सिटीका लागि डेभिड सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । 

खेलको पहिलो हाफसम्म युनाइटेडलाई दवावमा राखेको सिटीले दोस्रो हाफमा थप दुई गोल ग-यो । खेलको ४८ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । ५८ औँ मिनेटमा मार्सियलले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । 

एक पक्षिय रहेको खेलको ८६ औँ मिनेटमा इल्के गुन्डोगनले गोल गरे ।

निर्धारित समयमा म्यान्चेस्टर युनाइटेडले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो¥र्यो । जितपछि सिटीले ३२ अंक बनाएको छ । 

त्यस्तै, आइतवार राति नै भएको अर्को खेलमा लिभरपुलले फुलह्याममाथि २-० को जित दर्ता गराएको छ । लिभरपुलको जितमा मोहम्मद सलाहले खेलको ४१ औँ मिनेटमा तथा शाकिरीले ५३ औँ मिनेटमा समान एक-एक  गोल गरेरका थिए ।

यो जितपछि लिगको दोस्रो स्थानमा उक्लिएको लिभरपुलले ३० अंक बनाएको छ । 

यता लिगको पाँचौ स्थानमा रहेको आर्सनल र उल्भरह्याम्पटनबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । बराबरीपछि आर्सनल लिगको तेस्रो स्थानमा रहेको चेल्सीको भन्दा एक अंक मात्र कम छ ।

चेल्सीको २८ अंक छ भने आर्सनलको २७ अंक मात्र छ ।  चेल्सी र इभर्टनबीचको खेल पनि गोल रहित बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?