मनीषा कोइरालाले शेयर गरिन् आफ्नो किताबको कभर पेज

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइराला क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिसकेकी छिन् । हालै आएर मनीषाले क्यान्सरसँगको लडाइँ र निजी कुरालाई समेटेर पुस्तक लेखिरहेकी छिन् । उनले हालै सामाजिक सञ्जालमार्फत उक्त पुस्तकको कभर पेज सार्वजनिक गरेकी छिन् ।

मनीषाले माइक्रो ब्लगिङ साइट ट्वीटरमा ट्वीट गर्दै क्यान्सरबाट छुटकारा पाउनु भनेको फेरि जिउनु र आफूलाई पुनः पाउने एउटा पाठ भएको भनेकी छिन् ।

मनीषाले यो पुस्तक नीलम कुमारसँग मिलेर लेखेकी हुन् । किताबको उप–शीर्षकमा क्यान्सरले कसरी मलाई जिन्दगी दियो भनेर लेखिएको छ । मनीषाले क्यान्सरबाट छुटकारा पाएको केही वर्ष भयो । यो बिमारका दौरान निराशा, अनिश्चितता र भयका बारेमा मनीषाले उक्त पुस्तकमा लेखेकी छिन् ।

उनले हालै फिल्म ‘सञ्जु’ मा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?