एजेन्सी । स्पेनिस ला लिग फुटबल अन्तर्गत लिगको शिषै स्थानमा रहेको बार्सिलोना पराजित भएको छ ।
घरेलु मैदान क्याम्प नाउमा आइतवार राति सम्पन्न भएको १२ औँ चरणको खेलमा बार्सिलोना लिगको १२ औँ स्थानमा रहेको रियल बेटिससँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा सिमित बार्सिलोना कप्तान लियोनेल मेस्सी चोटबाट मुक्त हुँदै मैदान फर्किएको खेलमा नै पराजित भएको हो । रियल बेटिसका लागि खेलको २० औँ मिनेटमा जुनियर फिर्पोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै ३४ औँ मिनेटमा सान्चेज रोड्रिग्युजले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछाडि परेको बार्सिलोनाका लागि खेलको ६८ औँ मिनेटमा लियोनेल मेस्सी गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको ७१ औँ मिनेटमा बेटिसका लागि चेल्सोले गोल गरे । बार्सिलोनाका लागि ७९ औँ मिनेटमा अर्टुरो भिडालले गोल गर्दै खेललाई ३-२ को स्थितीमा ल्याए । ८१ औँ मिनेटमा इभान राकिटिच दोहारो रातो कार्ड खादै मैदानबाट बाहिरएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
खेलको ८३ औँ मिनेटमा बेटिशका लागि कानालेसले गोल गर्दै खेललाई ४-२ को स्थितीमा पु-याए । खेल सकिनै लाग्दा बार्सिलोनाका लागि मेस्सीले गोल गरेपरि हार टार्न सकेन ।
हारपछि बार्सिलोनाको १२ खेलबाट २४ अंक छ । २३ अंकका साथ सेभिल्ला लिगको दोस्रो स्थानमा छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा रिलल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले, सेभिल्लाले स्पानियोललाई २-१ गोल अन्तरले तथा अल्भारोले हुएस्कालाई २-१ गोल अन्तरले पराजित ग-यो ।
यता रायो भाल्लेकानो र भिल्लारियलबीचको खेल २-२ गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया