खेलकुद परिषद्को बोर्ड सदस्यमा पूर्व उपाध्यक्ष तिम्सिनासहित तीन जना नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पुर्व उपाध्यक्ष पिताम्बर तिम्सिनासहित तीन पदाधिकारी बोर्ड सदस्यमा नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रि परिषद्को बैठकले रिक्त रहेको बोर्ड सदस्यमा पिताम्बर तिम्सिनासहित, इन्दिरा निरौला र राजेश गुरुङलाई खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।

निरौला नेपाल भलिबल संघका केन्द्रिय सदस्य हुन् भने गुरुङ परिषद्का पुर्व सदस्य हुन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले रिक्त रहेको बोर्ड सदस्यका लागि तिम्सिनासहित ३ जनाको नाम सिफारिस गरेका थिए । 

नवनियुक्त बोर्ड सदस्य तिम्सिनाले अहिले सरकारले मौखिक रुपमा मात्र सदस्यमा नियुक्त भएको जानकारी दिएका बताए । साथै उनले यहि मंगलवार नियुक्ति पत्र आउने र बुधवार सपथ लिने कार्यक्रम रहेको पनि जानकारी दिए । तिम्सिना विगत लामो समयदेखि नेपाली खेलकुद क्षेत्रमा सक्रिय छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?