काठमाडौं । केही वर्षयता विदेशी भूमिमा नेपाली चलचित्रले विदेशमा अवार्ड वितरण गर्ने परिपाटी बढेको छ । यसैको निरन्तरता दिँदै सन् २०१९ को जुनमा हङकङमा नेपाली चलचित्रको अवार्ड हुने भएको छ ।
एभरेस्ट इन्टरटेन्मेन्ट कम्पनी लिमिटेडले हङकङमा २१ विधामा पपुलर अवार्ड गर्ने गरी अवार्डको आयोजना गर्न लागेको हो । उक्त अवार्डमा सन् २०१८ मा नेपालमा रिलिज भएका चलचित्रलाई सहभागी गराइने निर्माण टिमले जनाएको छ । अवार्डको नेपाल संयोजन संगीक्षा फिम्मसले गर्नेछ ।
उक्त अवार्ड समारोहमा चलचित्र क्षेत्रमा योगदान दिने एक चलचित्रकर्मीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइने आयोजकले जनाएको छ ।
अवार्ड प्रदान गरिने कुल २१ विधामध्ये पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, पपुलर निर्देशक, पपुलर जुरी अवार्ड, पपुलर हाँस्य कलाकार, पपुलर खलनायक, पपुलर नव–नायक, पपुलर नव–नायिका, पपुलर छायांकार, पपुलर लेखक, पपुलर सह अभिनेता, पपुलर सह अभिनेत्री, पपुलर संगीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर गितकार, पपुलर चरित्र अभिनेता, पपुलर चरित्र अभिनेत्री छन् ।
अवार्डलाई भव्य र सभ्य रुपमा आयोजना गर्ने आयोजकको दाबी छ । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया