सिरी ‘ए’ फुटबलमा युभेन्ट्सद्वारा एसि मिलान पराजित

एजेन्सी ।  इटालियन लिग सिरी ‘ए’ फुटबल अन्तर्गत युभेन्टस विजयी भएको छ 

आइतवार राति सम्पन्न भएको खेलमा युभेन्ट्सले एसि मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको आठौं मिनेटमा युभेन्ट्सका लागि मारियो मान्जुकिचले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

उनले एलेक्स सान्ड्रोले दिएको पासलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल ग-यो । 

खेलको ८३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गरे । निर्धारित समयसम्म एसि मिलानले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोरेको हो । 

यो जितपछि युभेन्टसले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?