काठमाडाैं : नेपाल विधुत प्राधिकरणले नयाँ ठूला उद्योग र क्षमता विस्तारमा रहेका उद्योगहरूलार्इ बिजुली दिन नसक्ने जनाएको छ ।
झापादेखि कोहलपुरसम्मका अाैद्योगिक क्षेत्रमा रहेका साना फिडरमा अोभरलोडको समस्या रहेको जनाउँदै प्राधिकरणले झापा, विराटनगर र वीरगञ्जका नयाँ उद्योगलार्इ हालको ११ किलोभोल्ट फिडरबाट बिजुली दिन नसकिने बताएको हो ।
यस्तै, बारा, पर्सा, भैरहवा र बिराटनगरका अाैद्योगिक करिडरमा थप हुने उद्योगलार्इ पनि तत्काल थप विधुत दिन नसकिने प्राधिकरणको भनार्इ छ । हालै उद्योग जडान गरेका उद्योगीहरूले प्राधिकरणसँग बारम्बार विधुत जडान गरिदिन अाग्रह गरिरहेका छन् ।
तर प्राधिकरणले बिजुली नदिएपछि नेपाल र चीनको संयुक्त लगानी रहेको होङ्सी शिवम सिमेन्टले जेनेरेटरबाट बिजुली उत्पादन गरि उत्पादन गरिरहेको छ । भैरहवाका उद्योगहरूमा पनि डिजल जेनेरेटरबाट विधुत उत्पादन भर्इरहेको छ ।
प्राधिकरणले अाउँदो २ बर्षभित्र अाैद्योगिक विधुत खपत ६०% पु-याउने लक्ष्य राखेको छ । हाल यस्तो हिस्सा ४४% मात्रै छ । प्रसारण तथा वितरण प्रणाली सुधार भर्इरहेको र कोहलपुरमा ठूलो क्षमताको ट्रान्सफर्मर राखेपछि उद्योगहरूलार्इ बिजुली दिन सकिने प्राधिकरणक उपकार्यकारी निर्देशक हरराज न्याैपानेले जानकारी दिए ।
अहिले अधिकांश अाैद्योगिक क्षेत्रका साना फिडरहरू अोभरलोडेड छन् । सो क्षेत्रका प्रसारणलार्इनको क्षमता बढाउन प्राधिकरणले गृहकार्य गरिरहेको छ । हाल ३३ केभी फिटर रहेका स्थानमा उद्योगलार्इ बिजुली दिन सकिने तथा यस्तो करिडोरमा रहेका २०० र ४०० केभी विधुत चाहिने उद्योगलार्इ विजुली दिन सकिने पनि प्राधिकरणले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया