एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ग्यारी नेभिलले पोउल पोग्बाको अनुपस्थितिमा क्लबले हार बेहोरेको बताएका छन् ।
पोग्बाको अनुपस्थितीमा युनाइटेडको मिडफिल्डमा समस्या आएको र डर्बीमा म्यान्चेस्टर सिटीसँग पराजित हुन पुगेको पनि उनले जानकारी दिए ।
गत आइतबार म्यानचेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेड म्यान्चेस्टर सिटीसँग ३–१ ले पराजित भएको थियो । चोटका कारण पोग्बाले सिटीविरुद्धको खेल गुमाएका थिए । सिटीसँगको खेलमा पोग्बाको स्थानमा मराउने फेलाइनीलाई खेलाइएको थियो ।
फ्रान्सेली डिफेन्डर पोग्बा पास र भिजनका लागि स्तरीय खेलाडीका रुपमा परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया