२५ करोडको लगानीमा बारामा प्याकेजिङ उद्योग खुल्दै

काठमाडौँ । २५ करोडको लगानीमा बाराको परवानीपुर गाउँपालिकामा ग्यालेक्सी प्याकेजिङ उद्योग स्थापना भएको छ।

प्याकेजिङ उद्योग २३ कठ्ठा जग्गामा अवस्थित रहेको  छ। अबको डेढ महिनापछि उद्योगबाट उत्पादन शुरु गरिने बताइएको छ । 

वीरगंजका शंकर प्रेसका सञ्चालक अमित अग्रवाल र बारा नौतनमा रहेका नेपाल एग्रोका सञ्चालक अमित झुनझुनवाला र मनिष अग्रवालले यस प्याकेजिङ उद्योगमा लगानी गरेका छन् । 
सञ्चालक अमितका अनुसार यो उद्योगबाट चकलेट, चाउचाउ, विस्कुटको प्याकेजिङ सम्वन्धी सामाग्री उत्पादन हुनेछ । 

दैनिक चार टन प्याकेजिङका सामाग्री उत्पादन गर्ने उद्योगसँग क्षमता रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?