होन्डा मोटर्स कम्पनीले सन् २०२४ सम्ममा विद्युतिय कारको उत्पादन गरिसक्ने

काठमाडौं । जापानी कार उत्पादक ‘होन्डा मोटर्स’ कम्पनीले आगामी २०२३ मा विद्युतिय कारको उत्पादन गर्ने योजना रहेको बताइएको छ । 

होन्डा मोटर्स’ कम्पनीले भारतीय बजारमा आगामी सन् २०२३/२०२४ सम्ममा विद्युतीय कार उत्पादन गर्ने योजना रहेको छ । होन्डाको विश्वव्यापी विद्युतीय कार उत्पादन गर्ने योजना अन्तर्गत कै सर्वोत्कृष्ट हुने  कम्पनीले जनाएको छ । 

होन्डाको विद्युतीय कार उत्पादनको योजना विश्वभरका लागि तय भएको हो  ।

सन् २०१९ मा चीनबाट उक्त योजना कार्यान्वयनमा आए लगतै भारतीय बजारको माग र आवश्यकता अनुसारको विद्युतीय सवारी उत्पादनका लागि होन्डाले बृहत् योजना बनाइरहेको बताएको छ ।  होन्डा कार इन्डियाले पेट्रोल पावर कारकै बारेमा व्यापक अध्ययन गरिरहेको छ । तर पछिल्लो समयमा भारतमा डिजेल कारको बिक्री उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?