हरिवंशको ६१ औं जन्मदिनमा धुर्मुसले क्यारिकेचर गरे, मदनकृष्ण बने भावुक

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् । मंगलवार काठमाडौंमा चलचित्र ‘दाल, भात, तरकारी’ को शुभ मुहूर्तपछि बानेश्वरस्थित रेडियो अडियोमा उपस्थित भई अन्य हास्यकलाकारसँगै उनले आफ्नो जन्मदिन सेलिब्रेसन गरे ।

जन्मदिन मनाउँदै हरिवंश आचार्यले उपस्थित कलाकार तथा पत्रकारमाझ खुशी साटासाट गरे । यस्तै ‘मह’ का जोडी मदनकृष्ण श्रेष्ठले हरिवंशलाई राम्रो साथी पाएको बताए ।

‘मेरो जिन्दगीमा पनि श्रीमती पाएको छु, साथी पाएको छु, श्रीमतीलाई त दैवले हरेर लग्यो, सम्झ्यो भने अहिले पनि चोट पुग्छ’, मदनकृष्ण श्रेष्ठले भने, ‘श्रीमती हरेर लगेपनि हरिवंशजस्तो साथी पाएको छु, हरिवंश सक्रिय भएसम्म म पनि सक्रिय हुन्छु, हरिवंश निको भए म पनि निको हुन्छु, आफूलाई बुझ्ने एउटा साथी हुँदा त यति बलियो भइन्छ भने मसँग त यति धेरै साथी हुनुहुन्छ ।’

जन्मदिनको अवसरमा विभिन्न कलाकार तथा पत्रकारको उपस्थिति थियो । कार्यक्रममा सीताराम कट्टेल ‘धुर्मुस’ ले हरिवंश आचार्यको क्यारिकेचर गरेर रमाइलो गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?