पशुपन्छीलाई प्रेम गर्ने हसान किजिल यसरी भाईरल हुँदै

संसारमा सबैभन्दा बढी परिभाषा गर्न खोजिएको र पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ नै होला । प्रेम मानिस–मानिसको बीचमा मात्र सिमीत छैन । सुन्दा अचम्म लाग्ने किसीमको प्रेम मानिस र पशुपन्छी बिचमा पनि हुन्छ । 

प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि हो, यो प्रश्न बडो जटिल छ । 

तपाईँ कुकुरलाई औधि माया गर्नुहुन्छ । बिरालो तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान् । पशुपंक्षी र जनावरहरू पनि परस्परमा प्रेमको आदानप्रदान गर्छन् । 

जनावरहरुले पनि मानिसले जस्तै माया खोजीरहेका हुन्छन् फरक यतिमात्र हो उनीहरु बेल्न सक्दैनन्  । 

मंगलबार बिहान काठमाडौं महानगरको वडा नंं ११ बबरमहल गणेश स्थान नजिक एक स्थानीयले सडकमा रहेको कुकुरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको समाचार नेपाली मिडियामा छ्याप्छ्याप्ती भयो । सडकमा बस्ने कुकुरले आफ्नो घर नजिक आएर दिशा पिसाब गरेपछि आक्रोशित बनेका कानून व्यवसायीले कुकुरलाई खेदी खेदी चक्कु प्रहार गरे । कुकुर मन नपरेपछि उनले यस्तो हर्कत गरेका हुन् । 

तर यहाँ एउटा यस्तो समाचार हामी प्रस्तुत गर्दैछौँ कि सुन्दा अचम्म लाग्न सक्न सक्छ टर्कीका एक युवकले अशक्त भएका पशुपन्छीको सहायताको लागि उनीहरुको लागि कृतिम अंग बनाउँछन् । बिक्रिका लागि होईन । अशक्तता भएका पशुपन्छिको सेवा सहायता गरेर आफूलाई सन्तुष्टि प्राप्तिको लागि ।

हसान किजिलको अनौठो प्रेम छ जनावरहरु प्रति । उनले मानिस र जनावरको प्रेम, स्नेहलाई भिन्न प्रकारले बुझेका छन् । जनावरलाई संसारकै सबैभन्दा निर्दोष सृष्टिको रुपमा उनले परिभाषित गर्छन् ।  

उनी भन्छन्, “मलाई जनावरको माया धेरै लाग्छ किनकि उनीहरु मात्र संसारको हानि नगर्ने प्राणी हुन् । सबै भन्दा निर्दोष सृष्टि । जनावरहरु मेरा लागी धेरै महत्तपूर्ण छन् । उनीहरुको लागि मैले गरेको सानो काम र सहयोगले मलाई आनन्द मिल्छ ।” 

टर्कीको प्रदेश म्राडिनमा बस्दै आएका किजिलले हिड्न नसक्ने तथा अशक्तता भएका जनावरहरु र पंक्षीहरुको लागि नक्कली खुट्टा बनाउदै आएका छन् । उनको उद्देश्य भनेकै उनीहरुलाई साहायता गर्ने हो ता कि उनीहरु पहिलाको जस्तै हिड्न सकुन् । 

आफू सानो हुँदा उनले आँखाअगाडि चोट लागेको बिरालो मरेको देखेपछि अरु घाईते तथा अशक्त जनावरलाई कसरी बचाउन सकिन्छ भनेर खोज्न र सोच्न थाले ।

“म सानो हुँदादेखि नै मलाई सामानहरु बनाउन मन लाग्थ्यो,” उनले भने  । “केहि समय काम गरेपछि मैले आफैँ सोचे हिड्न नसक्ने जनावरहरुको लागि किन मैले ‘वाकर’ र ‘प्रोस्थेटिक’ बनाई रहेको छैन । यो मैले आफैँसँग गरेको प्रश्न थियो ।”

उनी जनावरहरुले घेरिएर हुर्केका हुन् । उनी सधै बाख्राहरु सँग, गाईहरु सँग, कुकुरहरु सँग अनि बिरालोहरु सँग हुनेगर्थे । 

“म उनीहरुलाई मेरो सबै कुराहरु र भावनाहरु भन्ने गर्थे अनि उनीहरु आँखाबाट मेरो कुराहरु सुनेको मैले अनुभव गर्थे । ”

आफू उनीहरु सँग कुरा गर्दा पशुपंक्षीको आखाँमा छुटै चमक देख्ने उनी बताउँछन् र त्यसले उनलाई सन्तुष्टि मिल्छ । “मैले मेरो पहिलो ‘प्रोस्थेटिक’ फोहोर बाट बनाएको थिए ।” भन्छन्, “मसँग अरु कुनै उपाय पनि त थिएन ।”

शुरुमा उनले पानिको पाइप र वासिङ मेसिनको टुक्रा बाटे चिलको लागि प्रोस्थेटिक खुट्टा बनाएका थिए ।

हसानको पहिलो कार्यलय उनको घर थियो । उनी थोरै परिचित भइसकेपछि टर्कीको एउटा सपिङ सेन्टरले उनलाई काम गर्न को लागी स्थान दान ग–यो ।
उनले अशक्तता भएका पशुपक्षिंको लागि ‘वाकर’ र ‘प्रोस्थेटिक’हरु बनाउदै आएको साढे तीन वर्ष पुरा भएको छ । उनलो अघिल्लो वर्ष मात्र २०० भन्दा वढी जनावरहरुलाई सहयोग गरेका थिए ।
दिनमा लगभग तीन देखि चारवटा वाकर उनले बनाउने गरेका छन् ।  एउटा वाकर पूर्ण रुपमा तयार हुन ४५ मिनेट देखि एक घण्टा लाग्छ । 

सामाजिक सञ्जालमा पनि पछिल्लो समय हसानको चर्चा धेरै हुने गरेको छ । उनलाई सहयोग गर्न तयार रहेको सन्देश सहितका कमेन्टहरु धेरै आउने गरेका छन्  । 

उनले  भने, “मैले मेरो इमेल आइडि र फोन नम्वर इन्टाग्रामको अकाउण्टमा राखेको छु ।” त्यही आधारमा मानिसहरुले मलाई सम्र्पक गर्ने गरेका छन् ।  

हासानले ‘प्रोस्थेटिक’ बनाए बापत पैसा लिने गरेका छैनन् । त्यसैले उनको लागि ठूलो चुनौती भनेकै आर्थिक सम्पन्नता हो । 

“मलाई धेरै जसोे वाकर र प्रोस्थेटिक बनाउनको लागि सामानको अभाव पर्छ ।  तर फेरिपनि मलाई नै थाहा छैन म किन बिना पैसा यी सामानहरु बनाउँछु ।”

तर आफूले गरेको कामबाट खुसी हुने गरेको उनी बताउँछन् । उनी भन्छन्, “मलाई लाग्दैन कि यो संसारमा जति सन्तुष्टि र खुसीको स्थान अरु कसैले लिन सक्छ ।”

शुरुशुरुमा ‘प्रोस्थेटिक’ले जनावरहरु अजिव देखिने गरेका छन् किनकि उनीहरुलाई बानी परेको हुँदैन । जनावरहरुलाई पनि हिड्नको लागि अप्ठेरो हुने गरेको छ । तर एक दुई दिनमा उनीहरुलाई पनि बानी पर्दै जान्छ र राम्रो सँग काम हुने गर्छ ।

जनावरहरु आफ्नो दुःख शब्दमा व्यक्ति त गर्न सक्दैनन् । उनीहरु मानिसको आखाँमा र्हेछन् र बुझाइको प्रतिक्षा गर्छन् । 
हसानले र्भखरै मात्र चोट लागेको चिलको सहायता गरेका थिए ।

मैले थोरै थोरै गरि थ्रिडि प्रिन्टरको प्रयोग गरेको छु र मलाई थाहा भयो कि यसले राम्रो प्रोटोटाइपको निर्माण गर्न सक्छ ।”

उनी अहिले बिरालो को लागी मात्र होइन सबै जनावरको लागि ‘प्रोस्थेसिस’ निर्माण गर्न सक्षम भएका छन् ।

उनले ‘थ्रिड प्रिन्टर’ पनि उपहार स्वरुप पाएका हुन् । यस प्रिन्टरले उनका जीवनमा र काम गने शैलिमा धेरै परिर्वतन ल्याएको छ ।

 

उनको जीवनको ठूलो सपना र लक्ष्य भनेकै बच्चाहरुको लागि र मानिसहरुको लागि ‘प्रोस्थेटिक’ बनाउने हो । 

“मैले अहिले गरेको काममा कुनै पनि शैक्षिक डिग्रि हासिल गरेको छैन तर म आफूलाई यो कामको लागि योग्यको ठान्छु । सबै मैले अनुसन्धान र खोजबाट सिकेको हुँ । म सानो हुँदा देखिनै म सँग धेरै प्रोजेक्टहरु थिए त्यसले पनि मलाई सजिलो बनाएको छ ।”  

यदि कुनै चिजसँग वा कामसँग हाम्रो गहिरो प्रेम छ भने आफूले आफूैलाई ति बाटोमा आउने खतरा देखि माथि उचाल्न सक्नुपर्छ । पहिलो पाइलाले अरु चालहरुमा सघाउ पु-याउँछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?