एजेन्सी । इंग्लिस क्लब आर्सनलका फर्वाड ड्यानी वेलबेकको खुट्टाको गोलीगाठोको सफल शल्यक्रिया गरिएको छ ।
गत सातामात्र दाहिने खुट्टाको गोलीगाठोमा चोट बोकेका वेलबेकको सफल शल्यक्रिया गरिएको हो । युरोपा लिग फुटबल अन्तर्गत गत बिहिबार स्पोर्टिङ लिस्बोनविरुद्धको खेलमा वेलबेकको गोलीगाठो गम्भिर चोट लागेको थियो ।
इमिरेट्स स्टेडियममा भएको उक्त खेल गोल रहित बराबरीमा सकिएको थियो । बराबरी खेले पनि आर्सनलले नकआउट चरणको यात्रा तय ग-यो ।
खेलको २५ औँ मिनेट वेलबेक घाइते भएका थिए । गोलीगाठोको सफल शल्यक्रिया गरेसँग वेलबेकको मैदान फर्कने समय अनिश्चित बनेको छ । आर्सनलले उनको पुनरागमन अहिले तत्काल भन्न नसकिने जनाएको छ ।
२७ वर्षिय इंग्ल्याण्डका फर्वाड वेलबेकले यो सिजन १४ खेलमा ५ गोल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया