कप्तान खड्कासहित तीन खेलाडी ‘आईसीसी’को नयाँ टी–२० वरियतामा पर्न सफल

काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील ‘आईसीसी’ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा नेपालका ३ खेलाडी पर्न सफल भएका छन् । 

‘आईसीसी’ले मंगलवार सावर्जनिक गरेको नयाँ वरियतामा नेपाली तीन खेलाडी शिर्ष सय भित्र अटाएका हुन् । 

शिर्ष सय भित्र नेपालका कप्तान पारस खड्का,सोमपाल कामी र वसन्त रेग्मी पर्न सफल भएका हुन् ।  ब्याटिङतर्फ कप्तान खड्का एक स्थान माथि उक्लिदै ९३ औँ स्थानमा रहेका छन् । यसअघि शिर्ष सयमा पनै सफल शरद भेषवाकर भने यो पटक अटाएका छैन ।

उनको स्थानमा भारतीय युवा खेलाडी ऋषभ पन्त परेका छन् । 

त्यस्तै टी–२० क्रिकेटको बलिङतर्फ सोमपाल कामी दुई स्थान तल झर्दै ९४ औँ स्थानमा छन् । यता वसन्त रेग्मी एक स्थान तल झर्दै ७५ औँ स्थानमा रहे ।  टी– २० क्रिकेटको अलराउण्डरतर्फ पारस दुई स्थान तल झरे ।

पारस ४१ औँ स्थानमा छन् भने अलराउण्डरतर्फ सोमपाल ६४ औँ स्थानमा छन् । टि-२० को नयाँ वरियता अन्तर्गत ब्याटिङतर्फ बाबर आजम, बलिङमा रसिद खान र अल राउण्डरमा ग्लेन म्याक्सवेल शिर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?