काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ का लागि नायिका पूजा शर्माले १५ लाख रुपैयाँ पारिश्रमिक लिएको एभी इन्टरटेनमेन्टले जनाएको छ ।
यसअघिका दुई सिनेमा ‘रामकहानी’ र ‘म यस्तो गीत गाउँछु’ मा पूजा नायिकासँगै निर्मात्री पनि थिइन् । दर्शकले अझै पनि पूजालाई ‘प्रेमगीत’ की नायिका भनेर चिन्ने गरे पनि पछिल्लो समय उनी आफैले सिनेमा निर्माण गर्नमा व्यस्त थिइन् ।
निर्माण हुने भनिएको फिल्ममा सुदर्शन थापा निर्देशकका रुपमा रहनेछन् । फिल्ममा पूजाको जोडी सोनम तोप्देनसँग हुनेछ । यस्तै फिल्ममा अर्का अभिनेता पनि हुनेछन्, उक्त नायक को हुने भन्ने अझै टुङ्गो लागेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया