इन्डियन इन्टरनेसल ट्रेड फेयरमा नेपाली सामान प्रदर्शनी गरिँदै

काठमाडौँ : भारतको राजधानी नयाँदिल्लीमा अाजदेखि शुरू हुने इन्डियन इन्टरनेसल ट्रेड फेयरमा नेपाली व्यवसायीले अाफ्ना उत्पादन प्रदर्शनी र बिक्री वितरण गर्ने भएका छन् । 

यो ट्रेड फेयर भारतको सवैभन्दा ठूलो व्यापार मेला हो । भारतस्थित नेपाली दुताबासको सहजीकरणमा नेपाली व्यवसायीहरूले पनि विभिन्न स्टलमा नेपाली उत्पादन राख्न लागेका हुन् । 

मेलामा नेपाली पश्मिना, तयारी पोशाक, हाते कागजका सामग्री, ढाका कपडालगायतका स्वदेशी हस्तकलाका वस्तुको मुख्य प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ । 

नेपालमा उत्पादित गुणस्तरीय वस्तुको प्रदर्शनी गरी नेपाली वस्तुको विश्व बजारमा प्रवर्द्धन गर्न मेलाबाट अवसर मिल्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जानकारी दिएको छ । नेपालको सहभागिता रहेको यो व्यापार मेलाबाट बहुआयामिक क्षेत्रमा लाभ हुने अपेक्षा गरिएको छ ।

४५ वर्ग मिटर क्षेत्रमा सात वटा स्टलको व्यवस्था गरिएको मेलामा साँस्कृतिक कार्यक्रमका लागि स्टेज सजावट र नेपाली पेभिलियन निर्माणलगायतका व्यावसायिक स्टल छनोटको काम सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?