खनाल (साग) सचिवालय प्रमुख

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राखेपका वरिष्ठ अधिकृत कमल खनाललाई १३ औँ दक्षिण एशियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ ।

कुशल प्रशासकका रुपमा चिनिएका खनालसंग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव छ । 

साथै खनालले सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ र पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदको सचिवालय प्रमुखका रुपमा समेत कार्य गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?