बैंकमा शेयर लगानी गर्नुभएको छ ? हेर्नुहोस ७ वटा बैंकको वित्तीय विवरण

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरूले अाकर्षक नाफा कमाएका छन् । राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पु-याएका यी बैंकहरूले तीन महिनामा गरेको नाफाका कारण प्रतिफल बढाउन बैंकहरू सक्षम देखिएका छन् । 

बैंकहरूको पहिलो त्रैमासको वित्तीय विवरण

क्रं.सं. बैंक खुद नाफा (रू.हजारमा) वितरणयोग्य नाफा (रू.हजारमा) प्रतिशेयर अाम्दानी (रूपैयाँमा) बेस रेट (%)
चालु अाव गत अाव चालु अाव गत अाव चालु अाव गत अाव चालु अाव गत अाव
ग्लोबल अार्इएमर्इ ५३५,८४५ ३९२,९६३ ५१७,६८३ ३३९,६४८ २४.११ १९.४५ १०.५९ १०.५४
स्ट्यान्डर्ड चार्टर्ड ६३४,१३३ ५००,२०७ ५८४,५३४ ४७१,२०० ३१.६६ ४९.९५ ८.१४ ६.४७
कृषि विकास ६३३,१२४ ३६३,९७२ ३९५,९१० ३६३,९७२ २७.३५ १५.९४ १२.३२ ११.२७
सिटिजन्स ४३१,३०४ ३१९,०९७ ३४३,५०० ३१९,०९७ २१.२६ १५.९० ११.४७ १०.७२
सिद्धार्थ ५२५,०७५ ३६६,९१८ ३११,५८९ १३०,७३८ २४.८१ २३.०७ १०.६२ १०.२८
प्रभु ५९८,४३८ ३४८,७९९ ६४३,१४१ २५०,७३९ २९.०७ २३.७२ ९.४९ ९.८०
माछापुच्छ्रे ३७१,६९२ २५०,३९१ ३८६,९३४ २८०,९५९ १८.४६ १४.३५ ११.२१ १०.४८

 

पूँजी बृद्धिपछि बैंकले लगानी र प्रतिफल बढाउने चुनाैती खेपिरहेका थिए । पछिल्लो ३ महिनाको वित्तीय विवरण विश्लेषण गर्दा बैंकहरूले यी दुबै पक्षमा उल्लेखनीय सुधार गरेको देखिएको छ । हालसम्म वित्तीय वितरण सार्वजनिक गरेका विभिन्न ७ वटा बाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्डको बाहेक अन्य बैंकको प्रतिशेयर अाम्दानी समेत बढेको छ । 

वितरणयोग्य नाफामा सुधार हुँदा प्रतिफल र लाभांश दिनसक्ने बैंकहरूको क्षमता बलियो बन्छ । बैंकहरूले पछिल्लो पटक घोषणा गरेको लाभांशका कारण बोनस शेयरको प्रतिक्षामा रहेका लगानीकर्ताहरू केही निराश देखिएपनि पूँजी बृद्धि र लाभांशको सम्बन्धलार्इ हेर्दा यो उययुक्त रहेको पूँजीबजारका विश्लेषकहरू बताउँछन् । 

बैंकहरूको बेसरेट बढ्दा कर्जाको ब्याजदर भनेउ घट्न सकेको छैन । तरलता अभावका कारण कर्जा नै नपार्इने र पाए पनि चर्को ब्याजदर तिर्नुपर्ने कारण शेयरबजार लगायतका क्षेत्रको व्यवसायिक गतिविधी अपेक्षा गरेअनुसार गतिशील हुन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?