काठमाडाैं : सानिमा बैंकले अनलार्इनबाट शेयर कारोबार र साफसाफ गर्न मिल्ने सुविधासहितको 'थ्री र्इन वन' खाता योजना सार्वजनिक गरेको छ ।
नेपालमा पहिलोपटक यस्तो सुविधायुक्त खाता सञ्चालनमा ल्याएको बैंकले दाबी गरेको छ । यो खाताबाट बैंक तथा डिम्याट खाताको राफसाफ समेत गर्न सकिने तथा कारोबारको रकम राफसाफ गर्नका लागि बैंक वा ब्रोकर कार्यालय धाउन नपर्ने बैंकले जानकारी दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलार्इनबाट शेयर कारोबारका लागि कात्तिक २० गतेदेखि नेपालको पूँजीबजारमा भित्र्याएको अनलार्इन प्रणालीबमोजिम अब सानिमाका ग्राहकले अनलार्इनबाटै शेयर कारोबार समेत गर्न पाउनेछन् ।
सानीमा क्यापिटलसँगको सहकार्यमा यो खाताबाट अनलार्इन शेयर कारोबार र राफसाफ लगायतका सुविधा दिने सानिमा बैंकले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया