लुम्बिनी एक्स्पो–२०७५ अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै, विदेशीका स्टल पनि राखिने

कपिल अधिकारी / काठमाडौं । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । 

बुटवल मण्डपमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले यसको तयारी सुरु गरिएको जानकारी दिएको हो । रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठका अनुसार मेलामा करिब ६ सय स्टल राखिनेछ । 

यही पौष ५ देखि १८ गतेसम्म सञ्चालन हुने मेलाको करिब ८ लाख अवलोकनकर्ता सहभागिता तथा करिब ५० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । 

रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ ।

मेलामा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?