काठमाडौं–बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणको बुधबार इटालीको लेक कोमोमा विवाह भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुको विवाह कोंकणी–सारस्वत परम्पराअनुसार भएको हो ।
विवाहका क्रममा दीपिका सेतो र गोल्डेन कलरको साडीमा देखा परेकी थिइन् भने रणवीर सेतो आउटफिटमा देखिएका थिए ।
यसअघि मंगलबार लेक कोमोमा नै संगीत सेरेमनी र मेहेन्दी लगाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिका रणवीरको विवाहमा निकै कम पाहुनालाई बोलाइएको छ । समाचारहरुका अनुसार विवाहमा करिब ३० जना नातेदार र साथीहरुलाई बोलाइएको छ ।
बलिउडबाट फराह खान, शाहरुख खान, सञ्जयलीला भन्सालीलाई मात्र बोलाइएको चर्चा भारतीय सञ्चारमाध्यमा छ ।
यस्तै विवाह समारोहमा सहभागिलाई गोपनियताको कारण देखाउँदै मोबाइल तथा क्यामरा लैजान प्रतिवन्ध लगाइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया