चैतदेखि नेपाल वायुसेवा निगमले चीन र जापानमा उडान भर्दै

काठमाडौं। आगामी चैतदेखि नेपाल वायुसेवा नियमले चीन र जापानमा उडान भर्ने भएको छ । 

वायुसेवा निगमले थप नयाँ उडान भर्नका लागि दुवै देशको उडान प्रकृया अघि बढाइसकेको बताइएको छ । नियम स्रोतका अनुसार चीन र जापान उडानका लागि यहि मंसिरभित्र पत्राचार गरिसक्ने योजनामा निगम रहेको छ।

नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटनमन्त्री लुओ सुआङले निगमको जहाज चीन उडानका लागि पहल गर्ने आश्वासन दिएका थिए। मन्त्री सुआङसँग नेपाली पक्षले नेपाली जहाज उडानका लागि वातावरण बनाइदिन आग्रह समेत गरेको थियो । 

नियमले ग्वान्जाउ उडानका लागि बेइजिङ लङवे इन्टरनेशनल ट्राभल सर्भिसलार्इ जिएसए नियुक्त गरिसकेको छ। जापानको ओशाकाको उडानका लागि जिएसए छनोट प्रकृया एक सातामै टुंगिने बताइएको छ । 

वायुसेवा निगमले चीन र जापानबाट उडान अनुमतिपत्र आइसकेपछि उडान तालिका र भाडा दर निर्धारण गर्ने जनाएको छ । ग्वान्जाउका लागि एयरबस ३ सय ३० र एयरबस ३ सय २० दुवैले उडान गर्नेछ। ओशाका लागि एयबस ३ सय ३० उडाउने निगमले जनाएको छ। 

हाल नेपालमा चीनको ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, चाइना वेस्टर्न, चाइना नर्दन, तिब्बत एयर लगायत ६ वटा एयरलाइन्सले दैनिक उडान भर्दै आइरहेको छ । 

साथै दक्षिण कोरिया र साउदी नयाँ उडानका लागि भने थप केही समय लाग्ने निगमले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?