काठमाडौं । ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले राइनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ ।
नवलपरासीमा बिहीवार सम्पन्न भएको फाइनल खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई ‘टाइब्रेकर’मा ५-३ गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
खेलको निर्धारित ९० मिनेटको समय र थप गरिएको समयमा दुवै क्लबाट समान २-२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा च्यासलका लागि बिमल घर्तिमगर, संजोक राई, छिरिङ गुरुङ, विश्व अधिकारी र देबेन्द्र तामाङले गोल गरे ।
यता पुलिस क्लबका लागि तेज तामाङको प्रहार गोल पोष्टको पोलमा लागेर फकिएको थियो ।
त्यस्तै रेजीन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गरे । उपाधिसँग च्यासल क्लबले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तैउपविजेता बनेको पुलिस क्लबले ले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया