काठमाडौं । एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ क्रिकेट च्याम्पियनसिपलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले मान्यता दिएको छ ।
‘इपीएल’ क्रिकेट च्याम्पियनसिपको आयोजकले बिहीवार विज्ञप्ति जारी गर्दै ‘आईसीसी’बाट मान्यता प्राप्त गरेको जानकारी दिएको हो ।
‘इपीएल’ क्रिकेट च्याम्पियनसिपले आईसीसीलाई २० हजार अमेरिकी डलर शुल्क बुझाएपछि काठमाडौंमा हुने फ्रेन्चाइज टि–२० क्रिकेट प्रतियोगिताले मान्यता दिएको हो ।
आगामी मंसिर २२ गतेदेखि शुरु हुने ‘इपीएल’ क्रिकेट च्याम्पियनसी कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया