काठमाडौं । आगामी माघको तेस्रो साताबाट धनगढी प्रिमियर लिग ‘डीपीएल’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
तेस्रो संस्करणको ‘डीपीएल’ क्रिकेट फागुन ४ गतेसम्म सञ्चालन हुने शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रतियोगिताका सम्पुर्ण खेलहरु फाप्ला क्रिकेट मैदानमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीले सहभागिता रहनेछ । सहभागि टिममा रुपन्देही, च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, चौराहा धनगढी, सीवाईसी अत्तरीया, काठमाडौं गोल्डेन र बिराटनगर किंग्स रहेका छन् ।
राउण्ड रोबिन लिगका आधारमा खेलाइने यो प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ट्यालेन्ट हन्टबाट दुई र दुई बिदेशी खेलाडी अनिवार्य गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि पाँच करोड नगद रुपैयाँ लाग्ने बताइएको छ ।
यसैबीच डीपीएल क्रिकेटले मुख्य प्रायोजकको रुपमा विजय डिस्टीलरीको रुस्लान पाएको छ । रुस्लानले आयोजक डीसीएसँग टाइटल स्पोनसर गरेवापत १ करोड १० लाख बराबरको सम्झौता गरेको छ।
यो रकम गत वर्षको भन्दा यो ४० लाखले बढी हो। ‘डिपीएल’ क्रिकेट आयोजक डीसीएलका अध्यक्ष सुवास बहादुर शाही र विजय डिस्टीलरीका चिफ फाइनान्स अफिसर सतिस करणले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया