कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

लोकपथ
161
Shares

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमिले शुक्रबार परीक्षाफल सार्वजनिक गरेको हो ।

कक्षा १२ को ग्रेड वृद्धिको परीक्षामा १ लाख २६ हजार ६ सय ५३ विद्यार्थी सहभागि भएका थिए । जसमध्ये ९२ हजार ४४ परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् भने बाँकी ३४ हजार ६ सय ९ परीषार्थी त्यसबाट बन्चित भएको बोर्डले जनाएको छ ।

विद्यार्थीहरुले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइड वा वा नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?