काठमाडौं । एक समयमा फुच्ची केटीहरुले खेल्ने क्लब ‘न्यू डाइमण्ड एकाडेमी’ प्रख्यात थियो । सात कक्षादेखि सानी केटीलाई कोर्टमा उत्रार्ने न्यू डाइमण्डले एक समय बलियो मानिएको टिम विभागीय, पश्चिमाञ्चललाई निक्कै कडा टक्कर दिँदै उपाधि जित्दा हेर्ने सबै दर्शक चकित पर्थो । रमिला तण्डुकार बाहेक सबै खेलाडी सानो रहेको यो टिमले थुपै राष्ट्रिय प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारिसकेको छ ।
वि.स. २०६२ सालमा स्थापना भएको न्यू डायमण्ड एकाडेमीले नेपाली खेलकुद क्षेत्रमा उल्लेख योगदा पु¥याएको छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक स्कुल हुँदै क्लबमा परिवर्तन भएको न्यू डायमण्ड एक मात्र राष्ट्रिय स्तरको महिला भलिबल टिम हो । स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै अन्तर्राष्ट्रियस्तरको खेलाडीको उत्पादन गर्नु नै न्यू डायमण्डको मुख्य उद्देश्य हो । तर, पछिल्लो समय न्यू डाइमण्डको प्रर्दशन खस्कदो छ । कारण कम प्रशिक्षण ।
२ वर्षको अन्तरालमा न्यू डाइमण्डले २, ३ वटा मात्र उपाधि जितेको छ । यो कुरामा क्लबकी कप्तान ललिता नाथ पनि सहमत छिन् । उनी भन्छिन् ‘अहिले खासै टे«निङ भएको छैन, हाम्रो टिममा रमिला, रेश्मा जस्ता खेलाडीहरुको कमी भएको महसुस हुन्छ ।’
साथै उनले आफ्नो खेल क्षमता पनि पहिलेको जस्तो नभएको बताइन् । ‘पहिले निक्कै राम्रो गेम खेल्थे, अहिले त्यस्तो छैन, म इन्जुरी भएदेखि राम्रो फर्ममा छैन, अहिले अलि फिट छु, आशा गर्छु आउने गेममा ब्लास्ट कमब्याक गर्नेछु’ उनले लोकपथलाई भनिन् ।
रमिला पछि न्यू डाइमण्डको कप्तानी सम्हालेकी उनले आउँदो आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मेडल जित्ने टिमको लक्ष्य रहेको समेत बताइन् ।
‘गेममा सहभागी भएपछि लक्ष्य भनेको मेडल जित्ने नै हुन्छ, हाम्रो पनि एउटै उद्देश्य छ स्वर्ण पदक जित्ने, त्यसपछि गेम अवधिभर उत्कृष्ट खेल खेल्ने हाम्रो अर्को टार्गेट छ, हामी यसै खेलबाट उपाधिका भोक मेटाउनेछौँ’ उनले थपिन् ।
७ कक्षादेखि न्यू डाइमण्ड क्लबकी सदस्य तथा कप्तान नाथले चाँडै नै प्रशिक्षण गर्ने पनि बताइन् । ‘अहिले स्कुलको सबै बहिनीहरुसँग हाम्रो पनि टे«निङ हुन्छ, बिहान खाँसै अहिले ट्रेनिङ गरेको छैन, एक घण्टाको ट्रेनिङमा वाम अप गर्दै समय बित्छ, तर अब हाम्रो टिमले विशेष ट्रेनिङ गर्दैछौँ’ उनले लोकपथलाई भनिन् ।
न्यू डायमण्ड एकेडेमीले ६ वर्षमा चार जना प्रतिभाशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माइसकेका छन् ।
स्कुल लेभलबाटै खेलाडीहरुको छनोट गर्दै उत्कृष्ट प्रशिक्षण दिदै नयाँ खेलाडी उत्पादन गर्ने क्लबहरु मध्ये न्यू डायमण्ड एकाडेमी अग्र स्थानमा छन् । यस एकाडेमीबाट रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली र कृपा अधिकारी जस्ता प्रतिभाशाली खेलाडीहरुको उत्पादन गरिसकेका छन् । यी चार जना खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै थुपै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल खेलिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया