काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आवद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आवद्ध भै बीमा ब्यावसाय गर्दै आएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा ब्यासायिक बनाउँदै उनीहरुको जिवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको ब्यावसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।
साथै उनले अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभुत विषयवस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकाश पारेका थिए । कम्पनीका मार्केटिङ विभाग प्रमुख विबेक शर्माले सहभागी अभिकर्ताहरुलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट ब्यासाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया