‘अफ्रिकन फुटबलर अफ दी इयर’ : कस्ले मार्ला बाजी ?

एजेन्सी । ‘अफ्रिकन फुटबलर अफ दी इयर’ । हरेक वर्ष अफ्रिकाको सर्वोत्कृष्ट खेलाडीलाई प्रदान गर्ने अवार्ड। 

सन् १९९२ मा अफ्रिकन फुटबल महासंघ ‘काफ’ले आयोजना गरेको यो अवार्ड जित्नका लागि अहिले पनि खेलाडीबीच तछाड-मछाड हुने गर्दछ । वर्ष भरि खेलाडीले गरेको प्रर्दशन र उनले क्लब र टिममा पु-याएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गर्दै आइरहेको छ । 

घानाका एबिदी पेलेलाई पहिलो पटक यो अवार्ड दिर्दै ‘अफ्रिकन प्लेयर अफ दी’ अवार्डको शुरुवात गरेको थियो । त्यस्तै १९९३ मा नाइजेरियाका राश्हिदी एकिनीले यो अवार्ड जिते । अहिलेसम्म यो अवार्ड क्यामरुनका सामुयल इटो र आइभेरी कोस्टका याया टाउरेले चार-चार पटक यो अवार्ड जितीसकेका छन् । 

यसैबीच ‘बीबीसी’ले अवार्डको मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । शनिवार राति बिबिसीले यी पाँचै जना मनोनयमा पर्न सफल खेलाडीहरुको नामा सावर्जनिक गरेको हो।

मनोनयनमा पर्ने खेलाडीहरुमा इजिप्टका मोहम्मद सलाह, मोरक्कोका मेधी बेनाटिया, सेनगलका कालिडो कुलिबिले, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टी रहेका छन् ।

उनीहरुको लागि शनिवार रातिबाट भोट खुल्ला गरिसकेको छ । भोट आगामी डिसेम्बर २ तारिखमा बन्द हुने बताइएको छ । अफ्रिकन फुटबलर अफ दी इयर पर्ने खेलाडीको नाम भने १४ डिसेम्बरमा घोषणा गरिने छ ।

गत वर्ष यो अवार्ड इंग्लिस क्लब लिभरपुलका फर्वाड सलाहले जितेका थिए । उनले जे जे ओकोचा, माइकल एसेन, ड्रिड्रियर ड्रोग्वा, याया टायरे र रियाद महरेजलाई पछि पार्दै सो अवार्ड जितेका थिए । 

नोमिनेशन पर्ने खेलाडीको नामावली

मोहम्मद सलाह-इजिप्ट

मोहम्मद सलाह इजिप्टका भरपर्दा खेलाडी हुन् । हाल उनी इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक खेल खेलिरहेका छन् । जारी प्रिमियर लिगमा उनले १२ गोल गर्दै ३ गोल असिस्ट गरिसकेका छन् ।

त्यस्तै युइएफ ए च्याम्पियन्स लिगमा ४ खेल खेल्दै २ गोल गर्न सफल भइसकेका छन् । उनले अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा पनि एक गोल गरिसकेका छन् । प्रिमियर लिगको गोल्डेन बुट समेत जितिसकेका उनले रसिया विश्वकपमा पनि उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । 

मेधी बेनाटिया-मोरक्को


बेधी बेनाटिया इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक क्लब खेल खेलिरहेका छन् ।

यो वर्ष उनले लगातार चौथो पटक क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरे । उनले दुई पटक बार्यन म्युनिख र दुई पटक नै युभेन्ट्सलाई यो वर्ष उपाधि दिलाए । उनको कप्तानीमा रहेको मोरक्कोले पनि विश्वकपमा खासै राम्रो प्रर्दशन गर्न सकेन । 

कालिडो कुलिबिले-सेनगल


२७ वर्षिय सेनेगलका डिफेन्डर कालिडो कुलिबिले हाल नपोली क्लबमा आवद्ध छन् । सन् २०१४ देखि नपोलीबाट व्यवसायिक खेल खेलका उनले १ सय ३१ खेल खेल्दै ८ गोल गरेका छन् ।

उनले रसिया विश्वकपमा सेनेगलबाट २ सय ७० मिनेटमा मैदानबा बिताएका थिए । 

साडियो माने-सेनेगल

लिभरपुलका फर्वाड साडियो मानेको कप्तानीमा सेनेगलले रसिया विश्वकप खेलेको थियो । उनले एशियाको पावरहाउस मानिने जापानविरुद्ध दुई गोल समेत गरेका थिए ।

२६ वर्षे माने गत वर्ष च्याम्पियन्स लिगको दोस्रो सर्वाधिक गोलकर्ताको सूचीमा समेत परेका थिए । त्यतिबेला उनले आफ्नो क्लबका १० गोल समेत गरेका थिए । १० गोल गरेकै बेला लिभरपुलले फाइनल खेलमा स्पेनी क्लब रियल म्याड्रिडलाई ३-० गोल अन्तरले हराएको थियो ।

जारी सिजनको प्रिमियर लिगमा भने उनले कुल ११ खेल खेल्दै ६ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगमा भने १ गोलमा मात्र गर्न सफल भएका छन् । 

थोमस पार्टी-घाना

स्पेनी क्लब एथ्लेटिको म्याड्रिडका मिडफिल्डर थोमस पार्टीले लिगमा १० खेल खेल्दै २ गोल गरेका छन् ।

सन् २०१५ देखि नियमित सदस्यका रुपमा म्याड्रिडमा रहेका पार्टी क्लबका स्ट्रोङ मिडफिल्डरका रुपमा परिचित छन् । २५ वर्षे थोमसले जापान र आइसल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलमा गोल पनि गरेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?