काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा थ्री स्टार क्लबले ब्रिगेट ब्वाईजलाई ५–१ को भारी गोलको अन्तरले हराउन सफल भएको हो ।
थ्री स्टार क्लबको जीतमा खेलको ८ मिनेटमा रजिन धिमालले, ५२ मिनेटमा सुनिल बल, ८५ मिनेटमा रन्जन विष्टले, ९० मिनेटमा निराजन खड्काले तथा खेलको इन्जुरी समयमा विक्रम लामाले समान एक–एक गोल गरेका थिए ।
यता ब्रिगेट ब्वाईजका लागि खेलको ७४ मिनेटमा रजत तिवारीले एक मात्र गोल फर्काएका थिए ।
प्रतियोगितामा थ्री स्टारका सुनिल बल 'म्यान अफ दि म्याच' घोषित भए । उनले नगद १० हजार रुपैयाँ हात पारे । यो जितसँगै दुई खेलबाट ६ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।
यस अघि भएको पहिलो खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ गोलले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया