बागमती प्रदेश : यी हुन् मुख्यमन्त्रीका प्रमुख दाबेदार

कहिलेसम्म बन्छ प्रदेश सरकार, यस्तो छ संंवैधानिक व्यावस्था

लोकपथ
1.1k
Shares

केही क्षेत्रको मतगणना जारी रहँदा संघदेखि प्रदेशसम्म सत्ता यात्राका तयारी सुरु भइसकेको छ । राजनीतिक दलका शीर्ष नेताहरु आफूलाई बलियो साबित गर्न विभिन्न भेटघाट र छलफलमा व्यस्त छन् । उसो त, यतिबेला सरकार निर्माणतर्फ माहोल मोडिएको छ ।

यही खेलको दौडमा छ, बागमती प्रदेश पनि । बागमतीकाे २४ क्षेत्रमा जित निकाल्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ । त्यस्तै, १४ क्षेत्रसहित माओवादी दोस्रो स्थानमा छ भने १२ सीटसहित एमाले तेस्रो स्थानमा छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ वटा क्षेत्रमा जित निकालेको छ ।

त्यस्तै, अहिले बागमतीकाे नेतृत्व गरिरहेको एकीकृत समाजवादीले भने ५ सीट प्राप्त गरेको छ । अझै, दोलखाको मतगणना आउन बाँकी नै छ ।

त्यसैले यो प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने चासो चौतर्फी छाउन थालेको छ । साथै, कांग्रेस, एमाले, माओवादीसहितका दलसम्भावित समीकरणको हिसाब पनि गर्न थालेका छन् ।

जसले गरे मुख्यमन्त्रीमा दाबी

कांंग्रेस : इन्द्र बहादुर बानियाँ, बहादुरसिंह लामा
माओवादी केन्द्रः शालिकराम जम्कट्टेल, सरल सहयात्री पौडेल
एकीकृत समाजवादी : कृष्णप्रसाद शर्मा

पराजय भोगेका एमालेका दाबेदार

सानुकुमार श्रेष्ठ
देवी ज्ञवाली
रामेश्वर राना

निर्वाचनका दौरानमा बागमती प्रदेशको नेतृत्व लिने भन्दै नेकपा एमाले, नेपाली कांंग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका झण्डै दर्जन उम्मेदवारले आफ्नो दाबी प्रस्तु्त गरेका थिए ।

जसमा एमालेबाट आकांंक्षा प्रकट गरेका एमाले उम्मेदवारहरु पराजित भए । तर, मूख्यमन्त्री बन्ने उद्घोष गर्दै निर्वाचनमा होमिएका कांंग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवारले जित निकालेका छन् ।

त्यसैले अब बन्ने बागमती प्रदेशको सरकारको मूख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले दाबी गरेका छन् । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत हुन् भने लामा केन्द्रीय सदस्य हुन् । यदि माओवादी केन्द्र र समाजवादीले कांग्रेसलाई नेतृत्व गर्न दिने गरी समीकरण अघि बढेमा कांग्रेसले बानियाँ र लामालाई मूख्यमन्त्रीमा अघि सार्ने प्रबल सम्भावना छ ।

यता, १४ सीट सहित दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले पनि मूख्यमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्ने बताउँदै आएका छन् । माओवादीबाट शालिकराम जम्कटेल र सरल सहयात्री पौडेलको सम्भावना प्रवल छ । पौडेल हाल माओवादी केन्द्रका बागमती प्रदेश समिति अध्यक्षसमेत हुन् ।

यदि गठबन्धनमा यो प्रदेश माओवादीको भागमा परेको अवस्थामा सहयात्री मूख्यमन्त्री बन्ने सम्भावना अझै बलियो देखिन्छ ।

हाल बागमतीको सत्ता नेतृत्व गरिरहेको एकीकृत समाजवादीको पनि मूख्यमन्त्रीमा स्वतः दाबी रहने देखिन्छ । प्रदेशभर ५ क्षेत्रमा जित निकालेको एकीकृत समाजवादीबाट बागमतीका बहालवाला मन्त्री कृष्णप्रसाद शर्माको दाबी रहने देखिन्छ ।

एमाले–कांग्रेस कनेक्सन !

अहिलेकै सत्ता गठबन्धन कायम रहेमा गठबन्धनलाई सरकार बनाउन सहज छ तर नेतृत्व कस्ले सम्हाल्ने भन्ने विषय टुंग्याउन भने केन्द्रीय नेताको मुख ताक्नुपर्ने अवस्था प्रदेश नेतृत्वसँग रहेको छ ।

फेरि यता कांंग्रेस र माओवादीबीच सहमति नभएको अवस्थामा माओवादी–एमाले वा कांंग्रेस–एमाले मिल्ने सम्भावना पनि उत्तिकै छ । यदि, कांग्रेस एमालेबीच सत्ता समीकरण भएको अवस्थामा भने अहिलेका दाबीले कोल्टे फेर्न पनि सक्छन् ।

कहिलेसम्म बन्छ प्रदेश सरकार, यस्तो छ संंवैधानिक व्यवस्था

नेपालको संंविधान, २०७२ को धारा १६८ को उपधारा १ मा प्रदेश मन्त्रिपरिषद्सम्बन्धि व्यवस्था रहेको छ । जसअनुसार, कुनै दलको पनि एकल बहुमत नआएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुईभन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुखले बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । प्रदेश सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?