काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यका साथ बिहिवार सर्लाहीको लालबन्दीमा आफ्नो १ सय २३ औं शाखा उद्घाटन गरेको छ ।
उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् ।
उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् ।
यो सँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति माध्यामिक विद्यालय, गाउँपालिका वडा नम्बर ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५०हजार रुपैयाँको चेकसमेत हस्तान्तरण गरेको छ ।
एक समारोहका बीच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया