एजेन्सी । खेलमा हार जीत हुनु कुनै नौलो कुरा होइन् । तर शिर्ष वरियताका अनुभवी खेलाडी पराजित हुँदा भने सबैतिर चर्चा चल्नु स्वभाविक मान्न सकिन्न ।
१४ औँ पटकका ग्राण्डस्लाम विजेता तथा विश्व नम्बर एक सर्वियाका नोभाक जोकोभिच फाइनलमा पराजित हुँदा उनका खेल समर्थक यतिबेला निराश बनेका छन् ।
पहिलो चरणदेखि विश्वका चर्चित तथा अनुभवी खेलाडीहरुलाई पाखा लगाउँदै फाइनलमा पुगेका जोकोभिच उपाधि जित्नबाट बञ्चित हुन पुगे । उनलाई २१ वर्षे युवा खेलाडीले सहजै हराउँदै उपाधि आफ्नो पोल्टामा पारे । उनी थिए, जर्मनीका अलेक्जन्द्रर जाभरेभ ।
यो वर्षको ‘एटीपी’ फाइनल्सको फाइनल खेलमा जोकोभिच जाभरेभसँग २-० को सेटमा सहजै पराजित भए । यसले यो प्रमाणित गर्छ की अव जोकोभिचको खेलमा केही कमि कमजोरी पक्कै भेटियो ।
युवा खेलाडी त्यसमा जोस र जागर । पहिलो चरणदेखि नै उत्कृष्ट लयलाई निरन्तरता दिदै खेल खेलिरहेका जाभरेभले अन्ततः आफ्नो खेल जिवनमा पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेर नै छाडे । उनले जोकोभिचलाई खेलको पहिलो सेटमा ६-४ र अन्तिम सेटमा ६-३ ले हराए ।
सन् १९९७ अप्रिल २० मा जर्मनीको ह्यामवर्गमा जन्मिएका जाभरेभ ग्राण्डस्लाम च्याम्पियनसिप अन्तर्गत फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलसम्म मात्र पुगेका थिए । त्यसबाहेक अन्य प्रतियोगिताहरु अस्ट्रेलियन ओपन र युएस ओपन टेनिसको तेस्रो चरणबाटै तथा र गत वर्षको विम्वल्डन टेनिसमा भने चौथो चरणबाटै बाहिरिएका थिए ।
जितपछि उनले जोकोभिचविरुद्धको खेल मैले चमत्कार गरेर जिते जस्तै लागेको बताए । ‘आज मैले कसरी खेल खेले र कसरी उपाधि जित्न सफल भए, मलाई विश्वास नै लागेको छैन्, मैले यस्तो ठूलो प्रतियोगिताको उपाधि जिते’
‘म आज निक्कै खुशी छु, यो क्षण म जिवनभर विर्सन सक्दिन्, मैले जिवनमा यति ठूलो राशी रहेको प्रतियोगिताको उपाधि जित्न सकेको थिएन्’ उनले हर्षित हुँदै भने । उनले उपाधिसँगै २ मिलियन पाउण्ड पनि हात पारेका छन् । यता उपविजेता बनेको जोकोभिचले जाभरेभले अप्रत्यासित रुपमा खेल खेलेको बताए ।
‘जाभरेभले फाइनलमा निक्कै राम्रो खेल खेले, समूह चरणको खेलमा भन्दा फाइनलमा उत्कृष्ट खेले, आजको प्रर्दशनको आधारमा उनै यो उपाधिको हकदार हुन्’, उनले भने ।
लामो रेशको घोडाको उपमा समेत दिएको जाभरेभलाई टेनिसका सफल खेलाडीहरु जोकोभिच, रोजर फेडेरर, एन्डी मुर्रे र राफेल नाडालसँग तुलना गर्न थालिएको छ । युवा खेलाडी जाभरेभले यसै प्रतियोगितामा फेडेररलाई पराजित गरेर आफ्नो बलियो दाबेदारिता प्रस्ततु गरिसकेका थिए ।
जाभरेभ सन् १९९५ मा बोरिस बेकरपछि उपाधि जित्ने पहिलो जर्मनी खेलाडी समेत बनेका छन् । सन् २०१२ देखि १५ सम्म जोकोभिचले लगातार चौथो पटक यो प्रतियोगिताको उपाधि जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया