काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।
खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो ।
शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ जना श्रमिकले काम गरिरहेका बेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ ।
अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विष्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए ।
पाकिस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा बर्षेनी सयौँ मजदूरको दुर्घटनामा मृत्यु हुने गरेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया