काठमाडौं । रग्बी वर्ल्ड कप टुर – नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा क्रियाशील २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति आयोजकले जनाएको छ ।
नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम आउँदो मङ्सिर २२ गते शनिवार टुँडिखेलमा हुने भएको हो । शो कार्यक्रममा वोर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकले अनुमान गरेको छ ।
उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना 'लाउरे', नितेश जंग कुँवर, स्वप्न सुमन, एक्स ब्याण्ड, अभया एण्ड द स्टिम ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लागायत २ दर्जन बढी कलाकारले आफ्नो प्रस्तुति राख्नेछन् भने कमेडियन नायक सन्दीप क्षेत्री र शुभेच्क्षा खड्काले संचालन गर्ने कार्यक्रम बिहान १० बजेदेखि साँझ ७ बजेसम्म हुनेछ ।
कार्यक्रम स्थलमा स्टल राख्न चाहनेहरुका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया