काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा बिहीबार नेपालले चौथो खेल खेल्दैछ। नामिबियामा आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो।
नेपाल र स्कटल्याण्ड बीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन्। दुईमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नेपाल विजेता बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया