एमालेसँग गठबन्धन गर्दा सैद्धान्तिक विचलन देखियो : दिपेन्द्र झा (भिडियोसहित)

लोकपथ
182
Shares

जनता समाजवादी पार्टी नेपालका नेता दिपेन्द्र झाले निर्वाचनको मुखमा नेकपा एमालेसँग गरिएको गठबन्धनलाई मतदाताले अस्वीकार गरेको बताएका छन् ।

लोकपथ टीभीको कार्यक्रम कर्माणिलाई अन्तर्वार्ता दिँदै उनले पाँचदलीय गठबन्धन छाडेर गरिएको चुनावी तालमेलको लाभ एमालेलाई मात्र भएको पनि उल्लेख गरे ।

मधेश प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता रहेर काम गरेका झाले पाँच वर्षको अवधिमा प्रदेश सरकारका लागि आवश्यक कानूनी पूर्वाधारहरु भएकाले अब बनने सरकारलाई सजिलो भएको पनि बताए ।

महोत्तरी क्षेत्र ३ को प्रदेशमा जसपाको उम्मेदवार रहेर पराजित झाले आफू पार्टी कार्यकर्ता भन्दा पनि बुद्धिजिवीको हैसियतमा चुनावमा जाँदा कतिपय ‘हार्डकोर’ कार्यकर्ताको सहयोग मिल्न नसकेको बताए ।

जसपा र लोसपा विभाजनको लाभ एमालेलगायत दललाई मिलेको भन्दै उनले अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर राजनीतिक क्षितिजमा उदाएका सिके राउत चुनौतीको घेरामा रहेको पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?