बैंकिङ क्षेत्रमा औषतमा एक दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय

लोकपथ
35
Shares

काठमाडौं। बैंकिङ क्षेत्रमा औषत एक दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । निक्षेप तथा कर्जा सम्वन्धी नेपाल राष्ट्र बैंकको बिस्तृत रिर्पोट अनुसार सञ्चालनमा रहेका २६ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुमा औषत निष्क्रिय कर्जा एक दशमलव ९८ प्रतिशत देखिएको हो ।

यो रिर्पोट बैंक तथा फाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा प्रवाह गरेको निक्षेप तथा कर्जाको आधारमा तयार गरिएको र यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४७ खर्ब ७० अर्ब १९ करोड ७० लाख रुपैंयाँ पुगेको राष्ट्र बैंकको भनाई छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने ५१ खर्ब ७१ अर्ब ६७ करोड १० लाख रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको असोज मसान्तसम्ममा बाँणिज्य बैंकहरुमा भने एक दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा बाँणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४८ अर्ब ५७ करोड ८० लाख र कुल कर्जा रकम ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैंयाँ रहेको रिर्पोटमा उल्लेख छ । बिकास बैंकहरुमा भने औषत निष्क्रिय कर्जा दुई दशमलव ३२ प्रतिशत देखिएको छ ।

राष्ट्र बैंकका अनुसार बिकास बैंकहरुले चालु आवको असोज मसान्तसम्ममा पाँच खर्ब १७ अर्ब ६६ करोड ३० लाख रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब ५४ अर्ब १७ करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणको कर्जा निष्क्रिय देखिएको हो ।

फाईनान्स कम्पनीहरुमा भने चालु आवको असोज मसान्तसम्ममा छ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा फाईनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः एक खर्ब पाँच अर्ब ४३ करोड र ९१ अर्ब ५६ करोड ७० लाख रुपैंयाँ पुगेको रिर्पोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?