यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर ११४ रूपैयाँ ३ पैसा र बिक्रीदर ११४ रूपैयाँ ६३ पैसा तोकेको छ ।

युरो १ को खरिददर १२९ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३० रूपैयाँ ४१ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४५ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ४९ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८२ रूपैयाँ ८९ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ८ पैसा र बिक्रीदर १० रूपैयाँ १३ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६ रूपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३० रूपैयाँ ३९ पैसा र बिक्रीदर ३० रूपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३१ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४८ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ४ पैसा र बिक्रीदर ३१ रूपैयाँ २१ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ १९ पैसा र बिक्रीदर २७ रूपैयाँ ३३ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ७ पैसा र बिक्रीदर १० रूपैयाँ १२ पैसा, कुवेती दिनार १ को खरिददर ३७४ रूपैयाँ ९१ पैसा तथा बिक्रीदर ३७६ रूपैयाँ ८८ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०२ रूपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०४ रूपैयाँ ५ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?