काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो खेलमा आज नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ ।
लुसाइल स्टेडियममा हुने नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको खेल राति पौने १ बजे शुरु हुनेछ । नेदरल्यान्ड्स आज अर्जेन्टिनालाई हराउँदै सेमिफाइनलमा पुग्न चाहन्छ । अर्जेन्टिना पनि नेदरल्यान्ड्सलाई हराएर अन्तिम चारको यात्रा तय गर्न उद्देश्यका साथ मैदानमा उत्रने छ ।
नेदरल्यान्ड्सले राउण्ड अफ १६ मा अमेरिकालाई हराएको थियो । यता, अर्जेन्टिनाले राउण्ड अफ १६ मा अष्ट्रेलियालाई हराएको थियो ।
यि दुई राष्ट्रबीचको हेड टु हेडलाई हेर्ने हो भने अहिलेसम्म ९ खेल सम्पन्न भएका छन् । जसमा ४ खेलमा नेदरल्यान्ड्सले जितेको छ भने तीन खेल अर्जेन्टिनाले जित्दा २ खेल बराबरीमा सकिएको छ ।
आजको खेलमा नेदरल्यान्ड्सका तर्फबाट नोप्पेर्ट, टिम्बर, भान डाइक, एके, डुमफ्रिएस, डी रून, डी योङ, ब्लाइन्ड, क्लासेन, गाक्पो र मेम्फिस सम्भावित शुरुआती–११ खेलाडी हुनसक्ने अनुमान गरिएको छ ।
त्यस्तै, अर्जेन्टिनाका तर्फबाट मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, डी पाउल, फर्नान्डिज, म्याक एलिस्टर, डी मारिया, अल्भारेज, मेस्सीलगायतले सम्भावित शुरुआती–११ खेलाडी हुनसक्ने अनुमान गरिएको छ ।
यस खेलको प्लेयर्स टु वाचमा भने नेदरल्यान्ड्सका मेम्फिस डिपे र अर्जेन्टिनाका लियोनल मेस्सी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया