काठमाडौं । ब्राजिललाई हराउँदै क्रोएसिया कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पेनाल्टि शुटआउट मार्फत ४–२ गोल अन्तरले ब्राजिललाई हराउँदै क्रोएसियाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि थपिएको अतिरिक्त ३० मिनेटमा समान एक/एक गोल हुँदा खेल पेनाल्टि शुटआउटमा धकेलिएको हो ।
कतारस्थित एजुकेसन सिटी रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा ब्राजिलका लागि नेयमारले १ सय ५ औँ मिनेटको इजु्री समयमा गोल गर्दै अग्रता लिएका थिए । त्यस्तै ब्राजिलको अग्रता तोड्दै खेलको १ सय १७ औँ मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै टीमलाई १/१ को बराबरीमा ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया